तीन दिनभित्रै सबै ठाउँमा राहत पुग्छ: जनार्दन शर्मा

काठमाडाैं | कात्तिक २०, २०८०

तीन दिनभित्रै सबै ठाउँमा राहत पुग्छ: जनार्दन शर्मा तस्बिर फाइल

काठमाडौं:   प्रतिनिधिसभा सदस्य जनार्दन शर्माले रुकुमपश्चिमको भूकम्प प्रभावित ठाउँमा तीन दिनभित्रै राहत सामग्री पठाइ सक्ने बताउनुभएको छ । आज जिल्ला व्यवस्थापन समितिको बैठकमा उहाँले राहत वितरणको काम तीव्र पारिने बताउनुभयो । 


“हामीले योजना बनाएर नै राहत वितरणको काम सुरु गरेका छौँ । कुन ठाउँमा कति क्षति भएको छ । कस्तो खालको राहतका सामग्री आवश्यक पर्ने हो । कुन क्षेत्रलाई हामीले बढी प्राथमिकतामा राखेर राहत वितरणको काम गर्ने भन्ने योजना बनाएर नै राहत वितरण हुन्छ”, शर्माले भन्नुभयो । राहत वितरणपछि पुनः निर्माण नभएसम्मका लागि अस्थायी बासको व्यवस्थाका लागि काम गर्ने र पुन: निर्माणमा लाग्ने उहाँको भनाइ थियो ।


भूकम्पका कारण अवरुद्ध भएको विद्युत तथा सडक मर्मत र फोन सेवालाई मुख्य प्राथमिकतामा राखेर काम गर्ने योजना रहेको शर्माले बताउनुभयो । जिल्ला व्यवस्थापन समितिमा आएको राहत स्थानीय तहलाई दिने र स्थानीय तहले बाँड्ने व्यवस्था गर्ने उहाँले बताउनुभयो । 

पोखरा:  गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले संघीयतालाई बलियो बनाउन प्रदेश बलियो बनाउन आवश्यक रहेकोमा जोड दिनुभएको छ ।   गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा आयोजित समारोहमा प्रमुख अतिथ...

थप पढ्नुहोस्

  पोखरा महानगरपालिका–१ टुंडिखेलस्थित खेलमैदानमा आज (बिहीबार) देखि ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता’ सुरु भएको छ ।   बुद्धटोल ...

थप पढ्नुहोस्

जेनजी आन्दोलनका क्रममा लुटिएको इन्सास राइफलसहित कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।   कास्की प्रहरीले महोत्तरी स्थायी घर भई हाल जिल्ला पोखरा–९, नयाँबजार बस्ने १८ वर्षीया रवि चौधरी र भार...

थप पढ्नुहोस्